
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । दार्चुलामा करिब ९ किलो लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जयबहादुर धानुक रहेका छन् ।
भावनाले बोकेको कालो झोलाबाट ६ किलो र जय बहादुरले बोकेको झोलाबाट २ किलो ८ सय ५० ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट झण्डै ९ किलोग्राम चरेस बरामद गरि पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाए ।सो चरेस बझाङबाट ल्याएर भारतको झुलाघाट लैजान लागिएको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij