
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको हो । आज बिहान सापकोटालाई नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij