Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बैठक बसेको हो ।
भदौ ३० गते प्रधानमन्त्री प्रचण्ड संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदैछन् । त्यस्तै असोज ५ गते चीन भ्रमणमा जाने तय भएको छ । चीन भ्रमणबारे सुझाव लिनका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत सो बैठकमा उपस्थित छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij