
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बैठक आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको थियो । सो बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij