
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सञ्चारतर्फका ठूलो संख्यामा कर्मचारीहरू सरुवा गरेको छ । आगामी असोज १ गते देखि लागू हुने गरी विभिन्न पदका ५९० जनाको सरुवा गरेको नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । सूचनाअनुसार प्रहरीका सञ्चारतर्फका विभिन्न दर्जाका जम्मा ५९० जनाको सरुवा गरिएको छ ।
जसअनुसार प्रहरी नायब निरीक्षक (सई) ५३ जनाको सरुवा गरिएको छ भने प्रहरी सहायक निरीक्षक (असई) १२२ जनाको सरुवा गरिएको छ । त्यस्तै वरिष्ठ हवलदार ७४ जना, हवलदार २५२ जना र सहायक हवलदार ८९ जनाको सरुवा भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij