
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं. ६ रसखोलाका स्थानीय ३६ वर्षका यम बहादुर थापा रहेका छन् । पाँच जना साथीहरू मिलेर माछा मार्न गएका थापाको आज बिहान २ बजे तिर मृत्यु भएको प्रहरीको भनाई छ ।
माछा मार्न गएका अन्य व्यक्तिहरू वालिङ ६ थापा डाँडाका ३६ वर्षीय तिल बहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका १० का ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिका घर भई हाल वालिङ ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका ६ घर भई तारादेवी ब्लक उद्योगमा नै काम गर्ने वर्ष ६० को बलदेव रानालाई प्रहरीले पक्राउ गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij