
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । बुधबार काठमाडौँमा तरुण दलका पुर्वअध्यक्ष एवं नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोध गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।
बुधबार खुकुरी आक्रमण गरिएका यादवको अहिले ट्रामा सेन्टरमा उपचार भइरहेको छ । बिहिबार गृहमन्त्रीको राजीनामा माग गर्दैकाङ्ग्रेस पार्टी कार्यालय सानेपामा भएको भेलामा तरुण दलका अध्यक्ष विद्धान गुरुङले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने बताएका हुन् ।
शुक्रबार दिउँसो १ बजे शान्ति बाटिका रत्नपार्कमा उपस्थित भएर तरुण दलले विरोधसभा एवं र्यालीको कार्यक्रम आयोजना गर्ने भएको छ । विरोधसभा अघि शुक्रबार विरोध र्याली बागबजार ,पुतलीसडक हुँदै फेरि रत्नपार्कमा आएर कोण सभामा परिणत हुने तरुण दलले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij