
Apr 06 2025 | २०८१, चैत २४ गते
काठमाडौँ । संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदैछ । नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले आइतवार २४ गतेदेखि असोज १२ गतेसम्म हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आउन लागेको जानकारी दिएका छन् ।
भक्तपुरको नगरकोटमा सैन्य अभ्यास हुने उनले जनाए । यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९ औँ अभ्यास भइसकेको छ ।नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जना सैनिक सो अभ्यासमा सहभागी हुनेछ ।
सेनाले संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij