
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति पौडेल आज बुधवार पाटन दरबारमा रहेको ऐतिहासिक कृष्ण मन्दिर जानु भई दर्शन एवम् प्रसाद ग्रहण गर्नुभयो ।
राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अवलोकन पनि गर्नुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भिड लाग्ने गर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij