
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपाल सरकारले जग्गा उपलब्ध गराएको खण्डमा रंगशाला बनाउने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।
सरकाले महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराए महानगरबाट रंगशाला बनाउन पहल गर्ने उनको भनाइ छ।बालेनले खेल भइरहेको रंगशाला पनि त्रिविको क्रिकेट स्टेडियम जस्तै भएको र नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०/९० करोडमा बन्न सक्ने पनि बताएका छन् । बालेन एसिपा कपअन्तर्गत नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका थिए । उक्त खेलमा नेपाल १० विकेटले पराजित भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij