
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । राष्ट्रियसभा एक साताका लागि स्थगित भएको छ । बैठक एक सातापछि भदौ २४ गते बस्ने गरी स्थगित भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
सोमबार बसेको राष्ट्रियसभा बैठकबाट ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ प्रस्तुत भएको थियो । प्रतिवेदनमाथि छलफल पनि भएको थियो ।
१० जना सांसदले सो छलफलमा भाग लिएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डले' अन्तिममा जवाफ दिएका थिए । प्रधानमन्त्री प्रचण्डले सरकार संविधान अनुकूल बनाउनुपर्ने कानुन बनाउने कार्यमा लागेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij