Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

संसदीय समितिको बैठक बस्दै

संसदीय समितिको बैठक बस्दै

  • काठमाडौँ । संघीय संसदअन्तर्गतका विभिन्न संसदीय समितिले आइतबार बैठक बोलाएका छन् । निर्वाचित सभापति पाएपछि समितिले बैठक बोलाएका हुन् । सिंहदरबारस्थित समितिको सभा कक्षमा आज बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    समिति सचिवालयले बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुति लगायतका विषयमा छलफल हुने जनाएको छ । यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ ।

    समिति सचिवालयका अनुसार समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा समितिको हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्त्वपूर्ण विषयको प्रस्तुति लगायतका विषयमा छलफल हुनेछ । 

    त्यस्तै राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्ने तय भएको छ । सिंहदरबारस्थित समितिको सभाहलमा सो बैठक बस्नेछ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij