
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित जगत चौधरीको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ६ जना शुक्रबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय बिबेक चौधरी लगायत ६ जना रहेका छन् ।
उनीहरुलाई नगद ४७ हजार ३ सय र ताससहित वडा प्रहरी कार्यालयय घोराहीबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij