काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले बुधबार बिहान प्रधानमन्त्रीसँग राजदूत फेनले भेट गरेको जनाएको छ । भेटमा बेलायतसँग नेपालको सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।