
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको विरुवा गाउँपालिका- १ का २८ वर्षका चेलिस श्रेष्ठ रहेका छन् ।
घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा श्रेष्ठ घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij