Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ललिता निवास प्रकरणमा दोषीलाई कारबाही गर्न एमालेको माग

ललिता निवास प्रकरणमा दोषीलाई कारबाही गर्न एमालेको माग

  • काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारसमक्ष माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै प्रमुख सचेतक गिरीले भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गरे ।

    AGNI GROUP

    भ्रष्टाचार र अनियमिततासँग जोडिएका ठूला अभियुक्तलाई कानुनी दायरामा ल्याइनुपर्ने खाँचो रहेको उनले औँल्याए । उनले ललिता निवास प्रकरणका दोषी, सुन तस्करमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष माग गरे । 

    पछिल्ला दिनमा जातीय सद्भाव भड्काउने र द्वन्द्व निम्त्याउने खालका गतिविधि भइरहेको प्रति ध्यानाकर्षण गराउँदै उनले सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij