
Apr 29 2025 | २०८२, वैशाख १६ गते
ललितपुर । ललितपुरको कुमारीपाटीमा आगलागी भएको छ । कुमारीपाटीस्थित एक घरमा सोमबार बिहान ९ः३० बजे आगो लागेको हो ।
ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले ललितपुर महानगरपालिकाको दुईवटा दमकलले आगो निभाएको जानकारी दिए । एसी सर्ट भएर आगलागी भएको बताईएको छ । आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij