
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । दार्चुलाकी एक युवती धनगढीमा मृत फेला परेकी छिन् । धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा कार्यरत मार्मा गाउँपालिका ६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी हुन् । युवतीको मृत्यु घटना प्रकरणमा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । मृतक र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij