
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोक मेलम्ची नगरपालिका-९ की ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय सन्जु श्रेष्ठ समेत ७ जना रहेका छन् । प्रहरी प्रभाग कांडाघारीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ९४ हाजार ८ सय २५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij