
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सिन्धुली, दुधौली नगरपालिका-१० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवाल समेत ६ जना पक्राउ परेका छन् ।
प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij