
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आजबाट सुरु हुने भएको छ । पार्टी मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले आइतबार र सोमबारका लागि पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।
भदौ ५ देखि ७ गतेसम्म बैठकले केन्द्रीय कमिटी बैठक पनि बोलाउने निर्णय गरेको छ । मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारसहितका विषयमा उक्त बैठकहरूमा छलफल गर्नेछ ।
पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एलेले यसअघि साउनको तेस्रो साता नै केन्द्रीय कमिटी बैठक बोलाएको थियो । तर, आन्तरिक तयारीलाई देखाउँदै बैठक भदौका लागि सारिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij