
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । संसद् अवरोध लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी छन् । माधव नेपाल आजै युरोप भ्रमण सकेर काठमाडौं आएका हुन् ।
सुन तस्करी प्रकरणले माहोल तातेका बेला सत्तागठबन्धनको बैठक बस्नुलाई महत्वसाथ हेरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij