
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् ।
सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा कटुवाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।यसअघि गत असार २२ गते मुख्यन्यायाधिवक्ता गजेन्द्र आचार्यले पदबाट राजीनामा दिएका थिए ।
नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री थापाले कटुवाललाई मुख्य न्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेका थिए । नवनियुक्त मुख्य न्यायधिवक्तामा कटुवालले आज शपथ लिँदै छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij