
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । माओवादी केन्द्र र जनमत पार्टीबाट एक-एकजना मन्त्रीको शपथ ग्रहण गराउने उनले तयारी गरेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आजै शपथग्रहण गराउने तयारी गरेका छन् । उनी चितवनमा रहेकाले काठमाडौं फर्किएपछि मन्त्री नियुक्तिको पत्र राष्ट्रपतिलाई पठाउनेछन् । प्रधानमन्त्रीको पत्र आएपछि राष्ट्रपति कार्यालयले शपथग्रहण गर्ने जनाएको छ ।
माओवादीबाट हितबहादुर तामाङ र जनमतबाट अनिता देवी मन्त्री बन्दैछन् । उनी चितवनबाट फर्किएपछि नवनियुक्त मन्त्तीहरूलाई शपथग्रहण गराउने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij