Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

ग्राण्डीमा ९ घण्टा लगाएर हात्तीपाइले रोगको सफल शल्यक्रिया

ग्राण्डीमा ९ घण्टा लगाएर हात्तीपाइले रोगको सफल शल्यक्रिया

  • काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाइले रोगको शल्यक्रिया सफल भएको छ ।  गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाइलेको ९ घण्टा लगाएर गरिएको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

    म्याग्दी बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो । उनलाई २० वर्षअघि नै हात्तीपाइलेको समस्या देखिएको थियो । प्रा.डा.श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया भएको जानकारी दिए । उनले  अप्रेसनका लागि ९ घण्टा समय लागेको बताए ।

    डा.श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा.समित शर्मा सहितको टोलीले ती युवकको शल्यक्रिया गरेका हुन् । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. श्रेष्ठले बताए । युवकलाई आज (बुधवार) डिस्चार्ज गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij