Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सशस्त्र प्रहरीले बरामद गर्‍यो ११ लाखको कपडा

सशस्त्र प्रहरीले बरामद गर्‍यो ११ लाखको कपडा

  • काठमाडौं । दाङमा ठूलो मात्रामा भन्सार छली गरिएको कपडा बरामद भएको छ । राजमार्ग सुरक्षाअन्तर्गत गस्ती गर्ने क्रममा नेपाल सशस्त्र प्रहरी बल २९ नम्बर गण जिल्ला हेडक्वाटर ज्वालामाईले ११ लाख बराबरको कपडा बरामद गरेको एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । 

    images
    images
    images

    पोखराबाट तुलसीपुर जाँदै गरेको ग १ ख ९८७० नम्बरको बसबाट उक्त कपडा बरामद गरिएको हो ।  बरामद गरिएको कपडा कस्ले ल्याएको थियो भन्ने बारेमा केही खुलेको छैन । बसमा सामान मात्रै भएको अवस्था सशस्त्र प्रहरीले बराद गरेको थियो ।

    बरामद गरिएको कपडा आवश्यक अनुसन्धान र कारबाहीका लागी राजश्व अनुसन्धान कार्यालय रुपन्देही बुटवलमा पठाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij