
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुनासाथ समय लिएर बोल्दै एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले एक सय केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए ।
तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएकाले जवाफ चित्त बुझ्दो नभएको उनले बताए । त्यसपछि एमाले सांसदहरू वेल घेर्न पुगेका थिए ।
संसद्को कार्यसूची अगाडि बढाउनका लागि पटक पटक आग्रह गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २६ दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij