Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

विराटनगरको प्लाष्टिक उद्योगमा आगलागी

विराटनगरको प्लाष्टिक उद्योगमा आगलागी

  • काठमाडौँ । विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ । आगलागीका कारण करिब तीन करोड बराबरको क्षति भएको प्रहरीले बताएको छ । सो उद्योगले प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको थियो ।  

    images
    images
    images

    उद्योगको तीन तले भवनको भुईं तलामा रहेको ‘यूपीएस रूम’मा आगलागी भएको प्रहरीले बताएको छ । आगलागीका कारण उपकरणहरु जलेका छन् ।

    इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जनाए । करिब दुई घण्टापछि नेपाल प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकलले आगो नियन्त्रणमा लिएका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij