
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । दाङको घोराहीतर्फ जाँदै गरेको ना.५ख २६१२ नम्बरको बस रोल्पाको त्रिवेणी गाउँपालिका ७, रिचीमा दुर्घटना भएको छ । बस सडकबाट करिब १०० मिटर तल खसेको छ । बसमा सवार १५ जनामध्ये तीनजनाको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार १२ जनाको अवस्था सामान्य रहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले घाइतेहरूको उद्धार गरेको घिमिरेको भनाइ छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij