Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

काभ्रेका छ स्थानीय तहमा डेङ्गु सङ्क्रमण

काभ्रेका छ स्थानीय तहमा डेङ्गु सङ्क्रमण

  • काठमाडौँ । काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ तहमा सात जना डेङ्गु सङ्क्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक/एक जनामा डेङ्गुको सङ्क्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइले सङ्क्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको बताए । 

    यसअघि काभ्रेपलाञ्चोकमा छ सय ८० डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् । काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान भने सञ्चालन भइरहेको छ । कार्यालयका अनुसार हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij