Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अर्थमन्त्रीलाई ठेकेदारको जवाफ- ऋण गरेर भए पनि भुक्तानी चाहियो, ‘छैन’ भन्न पाइन्नँ

अर्थमन्त्रीलाई ठेकेदारको जवाफ- ऋण गरेर भए पनि भुक्तानी चाहियो, ‘छैन’ भन्न पाइन्नँ

  • काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ऋण गरेरै भए पनि सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरुलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने बताएपछि अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।

    images
    images
    images

    अनुदान मागेर, वैदेशिक ऋण लिएर वा आन्तरिक ऋण उठाएर भए पनि निर्माण व्यवसायीहरुले भुक्तानी पाउनुपर्ने उनको भनाइ छ । अध्यक्ष सिंहले निर्माण व्यवसायीको ५० अर्ब र म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न नसक्ने अर्थमन्त्रीको भनाइप्रति आपत्ति जनाएका छन् ।

    अध्यक्ष सिंहले भुक्तानीको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरुलाई खारेज गर्न माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij