
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । टोखामा मोटरसाइकलको ठक्करले एकजनाको ज्यान गएको छ । टोखा नगरपालिका–२ चण्डेश्वरी मन्दिर नजिक बा२५प २९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री खोटाङ घर भई काठमाडौं टोखा–८ बस्ने ५० वर्षीया कमला बस्नेतको ज्यान गएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij