Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

माओवादीले थप्यो २२ महिला केन्द्रीय सदस्य 

माओवादीले थप्यो २२ महिला केन्द्रीय सदस्य 

  • काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीमा २२ जना महिला थप गरेको छ । केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला हुनैपर्ने विधानअनुसार उसले २२ जना महिला सदस्य थप गरेको हो । यससँगै माओवादी केन्द्रको केन्द्रीय कमिटि ४०७ सदस्यीय बनेको छ ।

    images
    images
    images

    थपिने सदस्यहरूमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही र छमकुमारी खनाल छन् । यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार पनि केन्द्रीय कमिटीमा थपिएका छन् । सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक र शरू चौधरी छन् ।

    गत बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना थप्ने प्रस्ताव गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij