
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । आज बुधबार ५ बजे मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गर्दैछन् ।
साथै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र काँग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्ने गरी भागवण्डा मिलेको हो ।
गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेको बताइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij