
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी पुर्वीचौकी गाउँपालिका-३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जना रहेका छन् ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij