
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । मंगलबार सभामुख पदबाट गौतमले राजीनामा दिएका थिए ।गौतमले सरकार बनाउन बहुमत पुर्याउन सभामुखबाट राजीनामा दिएका थिए ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोका अनुसार मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको छ । तर कसले कुन मन्त्रालय लिने भन्नेबारे टुंगो लागिसकेको छैन । बुधबार बिहान ११ बजेपछि गठबन्धन दलको बैठक बसेर मन्त्रालयको टुंगो लगाइने आङ्बोले जनाएका छन् ।
मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा माओवादी केन्द्र, समाजवादी र जसपाको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । बुधबार अपराह्न ५ बजे मुख्यमन्त्री र मन्त्रीहरूको शपथ कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij