Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कुटपिटबाट ललितपुरमा एकको मृत्यु

कुटपिटबाट ललितपुरमा एकको मृत्यु

  • ललितपुर । ललितपुरमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–९, बालकुमारीमा बस्दै आएका सर्लाहीका ५३ वर्षीय ज्ञानबहादुर भनिने हिम परियार रहेका छन् । 

    images
    images
    images

    ललितपुर–९ मै बस्दै आएका ४३ वर्षीय शंखर तामाङले सोमबार (हिजो) कुटपिट गर्दा परियार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सामान्य विवादका क्रममा तामाङले उनीमाथि कुटपिट गरेका थिए ।

    उपचारका लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपित तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij