
Apr 12 2025 | २०८१, चैत ३० गते
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।
उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेका छन् । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा स्वागत गरेका थिए ।
त्यस्तै पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले राष्ट्रपति पौडेललाई उक्त क्षेत्रको जानकारी गराएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij