
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले खानतलासी गरेको छ । राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेपछि लगातार छापा मारिरहेको छ ।
त्यसक्रममा आज बिहीबार पनि लाजिम्पाटबाट केही बाकसहरू विभागले बरामद गरेको छ । तर, त्यसमा सुन नभेटिएको विभागका एक अधिकारीले बताए । घरलाई अहिले विभागले सिल गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij