
Apr 17 2025 | २०८२, वैशाख ४ गते
ललितपुर । घटना केही साताअघिको हो । ललितपुर प्रहरी परिसरले भुटानी शरणार्थी प्रकरणमा इमाडोलबाट लक्ष्मी महर्जनलाई पक्राउ गर्यो । महर्जनलाई पक्राउ गरेपछि महालक्ष्मी नगरपालिकाको क्षेत्रमा हल्लीखल्ली भयो ।
संयोग पनि उस्तै, लक्ष्मी महर्जन पक्राउको प्रकरण सँगै उनीसँग नाम मिल्ने महालक्ष्मी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी महर्जन नै थिइन् । पक्राउको समाचार ‘भाइरल’ भएपछि उपप्रमुख लक्ष्मी महर्जनका शुभचिन्तकहरुले फोन गरेर यसबारे बुझ्न खोजे ।
उपप्रमुख महर्जनले फोन गर्ने जतिलाई ‘म होइन, म होइन, म कार्यालयमै छु’ भन्न भ्याए ।
लक्ष्मी महर्जन पक्राउ गरेपछि महालक्ष्मी नगरपालिकाको क्षेत्रमा हल्लीखल्ली भयो ।
उपप्रमुख महर्जनलाई पीडा तब भयो । जब पक्राउ परेकी लक्ष्मी महर्जनको समाचारमा उपप्रमुखको तस्वीर छापियो । समाचारमा उपप्रमुखको तस्वीर प्रकाशित भएपछि पढ्ने जतिलाई पत्याउन मुश्किल पर्यो ।
यो फन्दाको समाचारले झनझन आगोसरि फैलिएपछि स्थानीय नेपाली कांग्रेसका एक सक्रिय नेता तथा समाजसेवी विवेक कार्कीले द्रुत शैलीमा समाचार छापिएको अनलाइनको अफिसमै पुगेर समाचारमा तस्वीर सच्चाउन भ्याएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij