
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व कोषबाट नेपाल महर्सि वैदिक फाउण्डेशनलाई सहयोग गरेको छ । प्राकृतिक श्रोत र वातावरणमा हुने प्रतिकुल असरवाट जोगाउन प्राकृतिक खेती र यससंग प्रत्यक्ष सरोकार राख्ने मल, रोग तथा किरा नियन्त्रण, वाली व्यवस्थापन आदि वारे समुदायमा जनचेतनामूलक र उत्पादनमूलक कार्यक्रममा सहयोग पुर्याउने कार्यका लागि सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
वातावरण संरक्षण सहित शुद्ध खाद्य वस्तुको उत्पादन तथा स्थानीय स्तरमै उचित मुल्य सहित वजार पहुँचको सुनिश्चिता गर्ने फाउण्डेशनको लक्ष्यमा बैंकको सहयोग पुग्ने बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले बताए ।
वैदिक फाउण्डेशनले दक्षिणकाली न.पा. वडा नं १ वोसनमा वैदिक आर्गानिक कृषि कार्यक्रम अन्तर्गत तरकारी र गोलभेडा खेतीका लागि टनेल निर्माण तथा उत्पादन कार्यका लागि सो सहयोग उपयोग हुने उक्त संस्थाले जनाएको छ । सहयोग रकम वैदिक प्राकृतिक कृषि प्रवद्र्धनमा मद्धत पुग्ने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij