Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

विष खुवाउने शिक्षिकालाई फाँसी

विष खुवाउने शिक्षिकालाई फाँसी

  • काठमाडौं । चीनमा बालबालिकालाई जहर खुवाएर मार्न खोज्ने एक शिक्षिकालाई फाँसी दिइएको छ । जियाओजुओस्थित मेङमेङ प्रिस्कूलकी ३९ वर्षीया वाङ युन नामकी शिक्षिकाले जहर दिएर मार्न खोजेको आरोपमा फाँसी दिइएको डेलीमेलले जनाएको छ ।

    images
    images
    images

    घटना २७ मार्च २०१९ को हो । २५ बालबालिकालाई ती किन्डरगार्टेन शिक्षिकाले खाजा खुवाएपछि २३ जनालाई उल्टी भई अवस्था जटिल बनेको थियो । जसमध्ये एक जना बालकको सोही घटनामा मृत्यु समेत भएको थियो ।

    पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा युनले खाजामा जहर मिसाएको खुलेको थियो । स्कुलकी अर्की कर्मचारीसँग भएको झगडापछि ती कर्मचारीलाई फसाउने उद्देश्यका साथ युनले खाजामा सोडियम नाइट्राइट मिसाएकी थिइन् ।

    सोही आरोपमा जियाओजु अदालतले उनलाई सेप्टेम्बर २०२० मा फाँसीको सजाय सुनाएको थियो । शुक्रबार अदालतले उनलाई फाँसी दिएको पुष्टि गरेको डेलीमेलले लेखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij