
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सत्ता साझेदार एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक शुक्रबार बस्दैछ । कीर्तिपुर नगरपालिकामा पर्ने पुष्पलाल स्मृति पार्कमा बिहान ११ बजे सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
आज बस्ने सचिवालय बैठकमा पार्टीले यसअघि सञ्चालन गरेको अभियानको समीक्षा हुने उनले बताए । पार्टीको अभियानको समीक्षा गर्ने कार्यसूची रहेको छ। त्यस्तै केही साथीहरूले पार्टी छाडेर जानु भएको छ ।
उहाँहरूको जिम्मेवारीमा रहेका ठाउँहरूको पनि पूर्ति गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसका अतिरिक्त अहिलेको राजनीतिक परिस्थितिबारे पनि छलफल हुन्छ । एकीकृत समाजवादीमा अहिले बागमती र लुम्बिनीका प्रदेश इन्चार्ज छैनन् । आज बस्ने बैठकले त्यसको पूर्ति गर्ने उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij