Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पुरानो ऋण ६ महिना भित्र चुक्ता गर्न प्रस्ताव

पुरानो ऋण ६ महिना भित्र चुक्ता गर्न प्रस्ताव

  • काठमाडौँ । सहकारी संस्थाका सञ्चालक, लेखा समितिका पदाधिकारीले संस्थाबाट लिने ऋणको सीमा तोक्न र पुरानो ऋण ६ महिनाभित्र चुक्ता गर्न कार्यदलले सुझाव दिएको छ । सहकारी क्षेत्रका समस्या सम्बन्धमा सुझाव दिन गठित ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ ले सञ्चालकलाई ऋणको सीमा तोक्ने, सरकार र सहकारीको लगानीमा बचत तथा ऋण सुरक्षण कोष स्थापना गर्नेलगायत २७ बुँदे सुझाव पेश गरेको छ ।

    images
    images
    images

    कार्यदलले सोमबार प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ । ‘सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीले संस्थाबाट कुल बचतको २० प्रतिशत भन्दा बढी ऋण लिन नपाउने, यसभन्दा अगाडि ऋण लिएको भएमा ६ महिनाभित्र चुक्ता गराइसक्नु पर्ने,’ प्रतिवेदनमा भनिएको छ ।

    सहकारी क्षेत्रमा विकृति बढेपछि सुझावका लागि गत वैशाख २६ मा मन्त्रिपरिषदले उक्त कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार गठन भएको कार्यदलले माइतिघर मन्डलामा धर्नारत सहकारी संस्थाका पीडित बचतकर्ता एवम् विभिन्न सरोकारवालाहरुसँग छलफल गरी यो प्रतिवेदन तयार गरेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij