Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बालेनविरुद्ध महानगरअगाडि प्रदर्शन

बालेनविरुद्ध महानगरअगाडि प्रदर्शन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध प्रदर्शन भएको छ । बुधवार महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ले बालेनविरुद्ध प्रदर्शन गरेको हो । 

    images
    images
    images

    ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरूमाथि भएको ज्यादतिविरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताए । 

    जीविकोपार्जन गर्न व्यापार गर्नेहरूमाथि महानगरले दुर्व्यवहार गरेको उनले बताए । महानगर पालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको उनको भनाइ छ । गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयरलाई आफ्नै गीतले गिज्याइरहेको उनले बताए । 

    त्यस्तै प्रदर्शनमा सहभागी सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताए । उनले मेयरले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले विरोध प्रदर्शनभन्दा पनि सम्झाउन भेला भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij