
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ । सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक सुचना टाँसेर स्थगित भएको थियो ।
सोमबार शीर्ष नेताहरुको छलफलमा सदनको अवरोध खुल्ने सहमति भएपछि मंगलबारदेखि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश गर्ने भएको छ । बैठक बिहान ११ बजेर १ मिनेटमा सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा बैठकका लागि सम्भावित कार्यसूची पनि तयार पारिएको छ । राष्ट्रिय सभामा विनियोजन विधेयकमााथि छलफल हुने छ । बजेटको मन्त्रालयगत छलफल चलिरहँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको विरोधका कारण वैठक रोकिएको थियो ।
प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएपछि एमाले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij