Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

संसद् खुलाउनेबारे ओली र देउवासँग पुन: छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

संसद् खुलाउनेबारे ओली र देउवासँग पुन: छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् खुलाउनेबारे सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पुन: छलफल गर्दैछन् । यसअघि आइतबार पनि प्रधानमन्त्री प्रचण्डले देउवा-ओलीसँग छलफल गरेका थिए । छलफलका क्रममा ‘प्रधानमन्त्रीले आत्मालोचनासहित आफ्नो अभिव्यक्ति सच्याउने र एमालेले संसद् खुलाउने’ सहमति भएपनि पछि एमालेले शर्त थप्यो ।

    images
    images
    images

    उसले प्रधानमन्त्री प्रचण्डले मात्रै नभइ गृहमन्त्री नारायणकाजी श्रेष्ठको कटाक्ष र प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यको प्रेस नोटसमेत फिर्ता लिनुपर्ने शर्त राख्यो । यसपछि आइतबार १ बजे नै बस्ने भनिएको बैठक ३ बजे पनि बस्न सकेन । एमालेले शर्त थप्दै पुन: संसद् अवरुद्ध गर्ने बताएपछि सोमबार ३ बजेका लागि सारिएको छ ।

    आज बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले विशेषतस् ओलीसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले बिनाअवरोध बैठक अघि बढोस् भन्ने चाहेका छन् । उता सभामुख देवराज घिमिरेले पनि समस्या समाधान भएपछि मात्रै बैठक राख्न चाहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij