
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सत्ता साझेदार ७ दलको बैठक बालुवाटारमा जारी छ । केही बेरअघि सुरू भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दियो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी पनि बैठकमा सहभागी छन् ।
कांग्रेस उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे माओवादी केन्द्रका महासचिव देव गुरूङ र प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij