
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा नियम उल्लंघन गर्ने दुई हजार बढी सवारी चालकलाई कारबाही गरेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २०३ सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार मापसेमा ६९, लेन उल्लंघनका १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन् । यसैगरी प्रस्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउने १४७ र अन्य १ हजार ७४५ गरी कुल २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij