
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले छुट्टै समाजवादी मोर्चा गठन गर्ने भएको छ । नेसपाले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्दै मुद्दा मिल्नेसँग मोर्चा बनाउने बताएको छ ।
‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा बिस्तार अभियान’ सञ्चालन गरिएको छ,’ पार्टी प्रचारप्रसार विभाग प्रमुख विश्वदीप पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेसपाले अग्रमागी शक्तिहरूको वृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता र त्यसका लागि आफू प्रयत्नशील रहनेसमेत बताएको छ । समाजवादी मोर्चाका सूत्रधार तथा नेसपाका अध्यक्ष बाबुराम भट्टराईको पार्टी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्रको नेकपा सामेल समाजवादी मोर्चामा अटाएका थिएनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij